३० आश्विन २०८३, शुक्रबार

बसन्त ऋतुको आगमनसँगै काठमाडौंमा बढ्यो हरियाली (फोटो फिचर)

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ चैत । बसन्त ऋतुको आगमनसँगै काठमाडौं उपत्यकामा हरियाली बढेको छ ।

सडकको किनारा र खोलाको छेउमा रोपिएका फूलहरूले पनि बसन्त ऋतुको यो मौसममा काठमाडौंलाई हरियालीपूर्ण बनाएका छन् ।

काठमाडौंका शंखमुल, मिनभवन, रत्पार्क, माइतीघर, बानेश्वर जस्ता ठाँउहरूमा रहेका विभिन्न प्रकारका फूल र रुखहरूले काठमाडौंको शोभा अझै बढाएको छ । पार्कहरूमा लगाइएका फूलका वासना र वर्षापश्चातको स्वच्छ हावाले यसमा अझै सुन्दरता थप्ने काम गरेको छ ।

काठमाडौं उपत्यका देशको राजधानी भएको हिसाबले यहाँ रोजगारी र शिक्षाका लागि धेरै मानिसहरू आउने गर्दछन् जसको चापका कारण काठमाडौंको वातावरण दूषित भएको थियो तर बसन्त ऋतुको आगमनले धुलो धुवाँले भरिएको काठमाडौं सहरले स्वच्छ हावा लिने मौका पाएको छ ।

उपत्यकामा वर्षापश्चातको मौसम एकदम स्वच्छ र सफा भएको छ, खुला आकाश, सफा हावा, हरियाली र मनमोहक फूल र त्यसका वासनाहरूले काठमाडौंलाई एउटा नयाँ पहिचान दिएको छ ।

हामीले देखिरहने सहरभन्दा केही फरक भएको छ काठमाडौं, यहाँका बासिन्दाहरूले पनि धुवाँ धूलो मात्र होइन स्वच्छ हावामा रमाउने मौका पाएको छ । यो मौसम मानिसको लागि पनि एकदमै खुसीको मौसम हो ।

निलो आकाश, हरियो वनजङ्गल र त्यसमा रमाइरहेका पंक्षीहरूलाई देख्दा मनमा एकप्रकारको शान्ति छाउने गर्दछ जुन अहिलेको समयमा मानिसको लागि एकदमै आवश्यक छ । काममा व्यस्त भएको मानिस र सहर दुबैको लागि आनन्दको वातावरण भनेको नै यही मौसम हो ।

बसन्त ऋतुको आगमनले मनमा एक प्रकारको शान्ति छाएका र वातावरण पनि स्वच्छ हुँदै गएको सर्वसाधारण अरुण यादवको धारणा छ । यसैगरी काठमाडौं क्षेत्रभित्र भइरहेको वृक्षरोपण कार्यले काठमाडौंको सुन्दरमालाई बढाउनाका साथै स्वच्छ हावा दिएको जस्तो लागेको पनि उनको भनाइ छ ।

‘पार्कमा रिल्याक्स गर्न र शान्त वातावरण खोज्न आएको हो । काठमाडौंमा बढ्दै गएको वृक्षरोपणले वातावरण कम प्रदुषण भएको जस्तो लाग्छ । यसले एकदम हर्ष उल्लास महसुस भइरहेको छ,’ उनले भने ।

यस्तो खालको वातावरणले शारीरिक र मानसिक शान्ति दिने गर्दछ । यस्तै अर्का सर्वसाधारण दिप्स साहले भने वर्षापछि वातावरणमा केही सहजता आएको महसुस भएको बताइन् । उनको हिसाबमा काठमाडौंका अबको पुस्ताले हरियाली नै देख्न नपाउने होकी भन्ने डर थियो तर हरियाली र स्वच्छ हावाको आवश्यकतालाई बुझेर वृक्षरोपणमा चासो दिएकोमा खुसी लागेको बताएकी छिन् ।

वास्तवमा भन्नुपर्दा काठमाडौं कङ्क्रिडको जङ्गलमा परिणत हुँदै गएको अवस्था नै थियो, खाली जग्गा र बोटविरुवा हेर्न उपत्यकाबाहिर जानुपर्ने अवस्था थियो तर, अहिले भने काठमाडौं हरियालीयुक्त बन्दै गएको छ ।