३० आश्विन २०८३, शुक्रबार

ढाकाकुमारले पैसाका लागि डा. गोविन्द केसीलाई यस्तोसम्म भनेछन् (अडियो)

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले आफू मन्त्री बन्नका लागि व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो टेप सार्वजनिक भएपछि पार्टीभित्र खैलाबैला सुरू भएको छ ।

ढाकाकुमारले पैसा पाउनकै लागि स्वास्थ्य क्षेत्र सुधारका अभियन्ता प्राडा गोविन्द केसीमाथि अमर्यादित र अप्रिय शब्द समेत प्रयोग गरेको पाइएको छ । स्वास्थ्य क्षेत्रको सुधारको माग राख्दै दर्जनौँ पटक आमरण अनसन बसेर सरकारलाई दबाब सृजना गर्ने केसीको उक्त कदम बेठिक भएको आशय प्रकट गर्दै उनले केसीलाई ‘कहिले मर्ला’ भनेर अमर्यादित शब्द प्रयोग गरेका छन् ।

सम्वादमा दुर्गा प्रसाईंले तपाइँलाई चाहिने पैसा म दिन्छु भनेर आश्वस्थ पार्दै त्यसबापत मन्त्री भइसकेपछि आउँदा दिनमा आफ्नो पनि काम गर्नुपर्ने शर्त राखेको स्पष्ट सुनिन्छ । जवाफमा डा. श्रेष्ठले भनेका छन्, ‘त्यो त म गरिहाल्छु । मलाई त दिक्क लाग्छ यो गोविन्द केसी देखेर नि । कहिले मर्छ जस्तो लाग्छ मलाई । यहाँ एमबीबीएस पढ्न नपाएको पनि तिनले गर्दा नै हो ।’

सांसद श्रेष्ठले प्रसाईंको मन जितेर जसरी पनि दुई करोड रुपैयाँ फुत्काउन डा. केसीप्रति तल्लोस्तरको शब्दावली प्रयोग गरेको अनुमान गर्न सकिन्छ ।

किनभने डा. केसीकै आन्दोलन र दबाबका कारण झापास्थि बी एण्ड सी मेडिकल कजेलले सम्बन्धन पाउन सकेको छैन । ठूलो लगानी गरेर मोफसलमा मेडिकल कलेज स्थापना गरेका प्रसाईं सम्बन्धन नपाएर हैरानी खेपिरहेका थिए । सोही भावनालाई डा. श्रेष्ठले समेट्दै केसीप्रति अमर्यादित शब्द प्रयोग गरेका हुन् ।

श्रेष्ठले आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई रकम बुझाउनुपर्ने भन्दै प्रसाईसँग दुई करोड रुपैयाँ मागेको अडियोमार्फत स्पष्ट हुन्छ ।

सुन्नुहोस् अडियो–