३ कार्तिक २०८३, मंगलबार

भीम रावललाई उपाध्यक्ष पौडेलको चेतावनी- सच्चिनुस् नभए पार्टीले उचित निर्णय लिन्छ

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ चैत । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले नेता भीम रावललाई सच्चिन आग्रह गरेका छन् ।

प्रेस चौतारी नेपाल कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पौडेलले पार्टीले अब रावललको तमासा हेरेर बस्न नसक्ने स्पष्ट पार्टी नसच्चिए पार्टीले उचित निर्णय लिने चेतावनी दिएका हुन् ।

रावलले १०औँ महाधिवेशनपछि पार्टीको कुनै पनि विधि विधान नमानेको आरोप लगाउँदै पौडेलले पार्टी विरोधी गतिविधि रोक्न आग्रह गरे ।

‘भीम रावल जीले एउटा पार्टी सदस्य, नेताले गर्नुपर्ने कर्तव्य निर्वाह गर्नुभएको छैन । उहाँले पार्टीको निर्णय मान्नुभएको छैन । अनुशासन उल्लंघन गर्नुभएको छ । पार्टी निर्णयविरुद्ध सार्वजनिक रुपमा बोल्नुभएको छ । पार्टीलाई कमजोर पार्ने गतिविधि भइरहेका छन्,’ पौडेलले भने, ‘उहाँले एकपछि अर्को गल्ती गर्दै हुनुहुन्छ । कमरेड भीम रावलले आफ्ना गल्ती स्वीकार गर्नुस्, आत्मालोचना गर्नुस् । नीति, विधिलाई पालना गर्नुस् । उहाँ नसचिए पार्टीले उचित निर्णय लिन्छ ।’ पौडेलले भने ।