शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

काँग्रेस परित्याग गर्दै अथशास्त्री स्वर्णिम वाग्ले, शेखरलाई पठाए सन्देश

दैनिक नेपाल २०७९ चैत १६ गते १६:४४

काठमाडौं, १६ चैत । अर्थशास्त्री स्वर्णिम वाग्लेले नेपाली काँग्रेस परित्याग गर्ने भएका छन् । उनले अब काँग्रेसमा बस्न नसक्ने भन्दै पार्टी परित्याग गर्न लागेको बताएका छन् ।

उनले काँग्रेस नेता शेखर कोइरालालाई सन्देश पठाउँदै काँग्रेसमा अब बस्न नसक्ने बताएका हुन् । पार्टीका सभापति शेरबहादुर देउवा र देउवा पत्नी आरजु राणा देउवाका कारण पार्टीमा बस्न नसक्ने अवस्था आएको स्वर्णिमले शेखरलाई पठाएको सन्देशमा उल्लेख गरेका छन् ।

‘देउवा-आरजू गिरोहको निरन्तर हेपाइ र अपमानले पार्टी छोड्ने स्थितिमा पुगेको हुँ,’ वाग्लेले शेखरलाई पठाएको सन्देशमा भनेका छन् ।

अर्थशास्त्री वाग्लेलाई राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनमा उम्मेदवार बनाउने तयारी गरिरहेको समाचार आइरहेकाबेला उनको काँग्रेस प्ररित्याग गर्ने तयारीले समाचारलाई थप बल मिलेको छ ।

काँग्रेसबाटै तनुहँ-१ मा उपनिर्वाचन लड्ने इच्छा देखाएका उनलाई सभापति दप्पतीसहित दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले नै असहयोग गरेका बताइएको छ ।

गत निर्वाचनमा काँग्रेसको घोषणापत्र वाग्लेकै नेतृत्वमा तयार पारिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित