बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

मन्त्रालय बाँडफाँड: कुन दललाई कुन-कुन मन्त्रालय ?

दैनिक नेपाल २०७९ चैत १६ गते १५:१७

काठमाडौं, १६ चैत । सत्तारूढ गठबन्धन दलहरूबीच मन्त्रालयकाको भागबण्डा टुंगिएको छ ।

बुधबार कुन दलले कति मन्त्रालय पाउने भन्ने सहमति भएकामा आज पाउने मन्त्रालयको पनि टुंगो लागेको हो । सहमतिअनुसार कांग्रेसले अर्थ, परराष्ट्र, रक्षा‚ सहरी विकास‚ भूमि व्यवस्था‚ सामान्य प्रशासन‚ स्वास्थ्य र कानुन मन्त्रालय मन्त्रालय पाउने भएको छ ।

यस्तै, माओवादी केन्द्रले गृह‚ ऊर्जा‚ सञ्चार‚ पर्यटन र महिला तथा बालबालिका मन्त्रालय पाउने भएको छ भने एकीकृत समाजवादी पार्टीले भौतिक पूर्वाधार र वन मन्त्रालय पाउने भएको छ ।

त्यस्तै नेपाल समाजवादी पार्टीले खानेपानी तथा सरसफाइ मन्त्रालय‚ जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय‚ नागरिक उन्मुक्ति पार्टीले युवा तथा खेलकुद र जनता समाजवादी पार्टी (जसपा) ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय‚ कृषि तथा पशुपन्छी मन्त्रालय‚ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पाउने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित