
काठमाडौं, १५ चैत । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बुधबार काठमाडौँको कालिमाटी आयोजना गरेको एक दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
अन्तराष्ट्रिय प्रशिक्षकद्वारा प्रशिक्षण दिइएको कार्यक्रममा करिव ४०० जना भन्दा अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयाल, नेसनल सेल्स हेड उमापति पोखरेल, कम्पनी सचिव बिनोद भुजेल, एजेन्सी सभिसिङ्ग विभागका प्रमुख सुनिता पोखरेल, प्रदेश प्रमुखहरु सपुत चन्द्र खनाल, पुर्षोत्तम सापकोटा लगायत शाखा तथा उपशाखाका प्रमुख तथा कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
विशेष कारणबस देश बाहिर रहेका कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले भर्चुअली उपस्थित भई माघ महिनाको स्किमबाट छनौट भएर कार्यक्रममा सहभागी बीमा अभिकर्ताहरुलाई स्वागत तथा बधाई ज्ञापन उक्त कार्यक्रमका सहभागीहरुलाई प्रशिक्षण दिनका लागि भारतको मुम्बइबाट जीवन बीमाका अन्तराष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षक तथा सफल जीवन बीमा अभिकर्ता विजय कुमार झा उपस्थित रहेको कम्पनीले जनाएको छ ।















प्रतिक्रिया