३ कार्तिक २०८३, मंगलबार

ग्लोबल आइएमई बैंकले वित्तीय साक्षरता प्रवर्द्धन गर्दै मनायो ग्लोबल मनी वीक

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ चैत । ग्लोबल आइएमई बैंकले युवा/ विद्यार्थीहरू माझ वित्तीय साक्षरता प्रवर्द्धन गर्दै आयोजना गरिएको ग्लोबल मनी वीक सम्पन्न गरेको छ।

नेपाल राष्ट्र बैंकको वार्षिक कार्यतालिका अनुरूप हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ग्लोबल मनी वीकको ११औं संस्करण बैंकले चैत ६ गतेदेखि १२ गतेसम्म सप्ताहव्यापी ‘प्लान योर मनि, प्लान्ट योर फ्यूचर’ को नारा सहित सम्पन्न गरेको हो।

ग्लोबल आइएमई बैंकले विभिन्न स्कुल तथा कलेजका हजारौं विद्यार्थीहरूको सहभागितामा सातै प्रदेशका शाखा कार्यालयहरूबाट देशव्यापी वित्तीय चेतना अभिवृद्धि कार्यक्रम आयोजना गरेको छ।

यस अभियानअन्तर्गत बैंकले बैंकिङ सेवा तथा वित्तीय बजार लगायत विषयमा सचेतना अभिवृद्धिलाई लक्षित गरेर विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको छ।

जसअन्तर्गत बैंकका विभिन्न शाखा कार्यालयहरूमार्फत वित्तीय सचेतनामूलक अन्तर्क्रिया सञ्चालन भएका छन्। साथै, सामाजिक सञ्जालबाट चेतनामूलक श्रव्यदृष्य सामग्रीहरू पनि प्रसारण गरेको छ।

यसका साथै, युवारविद्यार्थीहरूलाई बैंकका शाखा कार्यालयहरूको अवलोकन एवम् साक्षात्कार गराउने कार्यक्रम समेत विभिन्न ठाँउमा आयोजना गरेको बैंकले बताएको छ।

सन् २०१२ देखि प्रत्येक वर्ष विश्वका १७० भन्दा बढी मुलकमा सञ्चालन हुँदै आएको ुग्लोबल मनी विकु मूलत: किशोररकिशोरी तथा युवारयुवतीमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यका साथ विश्वव्यापी रूपमा थालिएको अभियान हो।

बैंकले पनि यो अभियान सुरू भएदेखि नै प्रत्येक वर्ष नेपाल राष्ट्र बैंकको संयोजकत्वमा वित्तीय चेतनामूलक कार्यक्रमहरू सञ्चालन गरी बैंकिङ शिक्षाको प्रचारप्रसार गर्दै आएको छ।