शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

मकवानपुर बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका लामा

दैनिक नेपाल २०७९ चैत ६ गते ५:४९

हेटौंडा, ६ चैत । हेटौंडा स्थित मकवानपुर बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को सभापतिमा अखिल क्रान्तिकारीका छोइसाङ लामा निर्वाचित भएका छन् ।

सोमबार बिहान सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार लामा ८ सय १३ मतसहित निर्वाचित बनेका हुन् ।

उनका निकटतम् प्रतिस्पर्धी अनेरास्ववियुका नवराज शर्माले ६ सय ८२ मत प्राप्त गरे ।

यसैगरी, स्ववियु सचिवमा क्रान्तिकारीका वर्षाद घिमिरे, कोषाध्यक्षमा अनेरास्ववियुको हिमानी कुमारी सुवेदी निर्वाचित भएका छन् ।

सदस्यहरुमा अनेरास्ववियुबाट प्रसिद्ध रेग्मी, प्रशन श्रेष्ठ, कुशल पराजुली, दिपेश कार्की र झरना थिङ निर्वाचित भएका छन् भने क्रान्तिकारीबाट नारायण पुडासैनी, सुजन सिलवाल, राहुल डिम्डुङ निर्वाचित भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित