
काठमाडौं, ४ चैत । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बोलाएको छ ।
नयाँ वानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा आइतबार बिहान साढे ११ बजे बैठक बस्ने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन् ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी सोमबार दोस्रोपटक लिन लागेका विश्वासको मत र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।















प्रतिक्रिया