३० आश्विन २०८३, शुक्रबार

राजनीतिमा फउल खेल्नेहरूले कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाए : केपी ओली

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा फउल खेल्नेहरुले कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाएको बताएका छन् ।

पार्टी निकट नेपाल खेलकुद महासंघको नवनिर्वाचन केन्द्रीय कमिटीको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले राजनीतिमा फउल खेल्नेहरुले झण्डै दुई तिहाइमा पुगेको कम्युनिष्ट आन्दोलन र पार्टीलाई कमजोर बनाएको बताएका हुन् ।

माधव कुमार नेपालप्रति लक्षित गर्दै ओलीले विधि र प्रक्रिया भन्दै पार्टी फुटाएर प्रतिक्रियावादीहरुलाई बुझाउने दुष्चेष्टा समेत भएको धारणा व्यक्त गरे । राजनीतिक फउल खेले पनि वास्तविक सफलता प्राप्त भने गर्न नसकेको उनको भनाइ छ ।

ओलीले कुनै पनि क्षेत्रको श्रेष्ठता हालिस बेइमानीले नभई इमान्दार अभ्यासबाट हासिल हुने धारणा व्यक्त गर्दै खेल र चलखेलमा धेरै फरक रहेको चर्चा गरे । एमाले चलखेलमा नभइ खेलमा सहभागी हुने अध्यक्ष ओलीले स्पष्ट पारेका छन् ।

उनले नेपालको खेल क्षेत्रलाई अन्तर्राष्ट्रिय जगतमा चम्काउनका लागि महासंघले सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।  पार्टी कार्यालयबाट फर्किदै गरेका एमाले अध्यक्ष ओली पोलेको मकै किन्न थालेपछि…