३० आश्विन २०८३, शुक्रबार

पार्टी कार्यालयबाट फर्किदै गरेका एमाले अध्यक्ष ओली पोलेको मकै किन्न थालेपछि…

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आम सर्वसाधारणसँग नजिक हुन खोज्ने नेतामा पर्छन ।

उनी घरमा, पार्टी कार्यालयमा तथा बाटोमै पनि सर्वसाधारणहरुसँग भेट्ने कुराकानी गर्ने गर्छन् । उनका समिपमा आएकाहरुलाई उनले कहिलै निराश बनाउँदैनन् ।

यसैबीच, शुक्रबार पार्टी कार्यालयबाट फर्किदै गरेका ओलीले भक्तपुरस्थित सडकमा रोकिएर ठेलामा मकै पोलिरहेकी महिलासँग कुराकानी गरे । उनले कुराकानी मात्रै गरेनन् पोलेको मकै पनि किनेर खाए ।

सोही क्रममा उनले त्यहाँ विद्यालयबाट फर्किदै गरेका बालबालिकाहरूसँग पनि कुराकानी गरे र तस्वीर खिचाए । अध्यक्ष ओलीले यसबारे समाजिक सञ्चालमार्फत जानकारी दिदै आफूलाई एकदमै मज्जा लागेको बताएका छन् ।

‘पार्टी कार्यालयबाट घर फर्कंदै थिएँ, बाटोमा स्कूल छुटेर फर्किंदै गरेका नानीबाबूहरूसँग रमाइलो भेट गर्ने अवसर मिल्यो । नजिकै एकजना बहिनी मकै पोलेर बेचिरहनुभएको रैछ, पोलेको मकै खाएँ । एकदम मज्जा लाग्यो,’ अध्यक्ष ओलीले लेखेका छन् ।