३१ आश्विन २०८३, शनिबार

सहिद स्मारक ‘ए’ डिभिजन लिग: एपीएफ र चर्चको वियजी सुरूवात

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० फागुन । विभागीय टोली एपीएफ क्लबले सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार थ्री स्टार क्लबलाई २–० गोल अन्तरले हराउँदै एपीएफले सुखद सुरुवात गरेको हो । एपीएफको जितमा मणिकुमार लामा र अर्मान्ड विडोमले एक/एक गोल गरे ।

खेलको ७२औं मिनेटमा मणिले फ्रिकिकमार्फत गोल गर्दै एपीएफलाई सुरूवाती अग्रता दिलाएका थिए । मणिको फ्रिकिक बल थ्री स्टारका गोलकिपर अरुण ब्लोनले समात्न खोज्दा गोल भएको थियो । त्यसपछि खेलको ८६औं मिनेटमा अर्मान्डले गोल गर्दै एपीएफलाई २–० को जित दिलाए ।

जितसँगै एपीएफले पहिलो खेलमा ३ अंक जोडेको छ । त्यस्तै नवप्रवेशी क्लब चर्च ब्वाइज युनाईटेडले पनि लिगमा विजयी सुरुवात गरेको छ ।

च्यासल मैदानमा शनिबार भएको डेब्यू खेलमा चर्चले नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले हराएको हो । चर्चको जितमा आशिष चौधरी र फ्रान्कलिन क्विटे टलाले एक/एक गोल गरे । पुलिसका रवि पासवानले एक गोल गरे ।