
काठमाडौं, १९ फागुन । संयुक्त अरब इमिरेट्स (युएई)मा जारी आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय शृङ्खलामा नेपालले आज पपुवा न्युगिनी (पीएनजी)सँग खेल्दैछ ।
खेल बिहान पौने १२ बजे दुबईमा सुरु हुनेछ । शृङ्खलाको तेस्रो खेलमा नेपालले आज पपुवा न्युगिनीसँग खेल्न लागेको हो ।
पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई हराएको थियो । बिहीबारको खेलमा नेपाल यूएईसँग ६८ रनले पराजित भएको थियो । यो शृङ्खलामा नेपाल, यूएई र पपुवा न्युगिनी रहेका छन् ।
अङ्क तालिकामा नेपाल ३० खेलमा २८ अङ्कसहित छैटौँ स्थानमा छ । अब नेपालले लिग–२ को शीर्ष तीनमा रहँदै सोझै विश्व कप खेल्न बाँकी रहेका ६ वटै खेल जित्नुपर्नेछ ।















प्रतिक्रिया