३१ आश्विन २०८३, शनिबार

मेस्सी बने ‘फिफा वर्ष खेलाडी’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं, १६ फागुन । अर्जेन्टिना र पेरिस सेन्ट जर्मन (पीएसजी) का स्टार फरवार्ड लियोनल मेस्सी फिफा वर्ष खेलाडी २०२२ बन्न सफल भएका छन् ।

पेरिसमा आयोजना गरिएको विश्व फुटबलमा उत्कृष्ट व्यक्तित्वहरूको समारोहमा मेस्सी वर्ष खेलाडीको उपाधि जित्न सफल भएका हुन् ।

३५ वर्षीय मेस्सीले फ्रान्सेली फरवार्ड केलियन एमबाप्पे र करिम बेन्जेमालाई पछि पार्दै अवार्ड जितेका हुन् । मेस्सीको कप्तानीमा अर्जेन्टिनाले कतार विश्वकपको उपाधि जितेको थियो । २०२१/२२ मा उनले क्लब र देशका लागि ४९ खेलमा २७ गोल गरेका थिए।

‘दोस्रो पटक अवार्ड जितेका यो अचम्मको कुरा हो। यो एक ठूलो वर्ष हो र यहाँ आउनु र यो अवार्ड जित्नु मेरो लागि सम्मानको कुरा हो। मेरा साथीहरू बिना म यहाँ हुने थिइनँ। मैले लामो समयदेखि आशा गरेको सपना पूरा गरें। धेरै कम मानिसहरूले त्यो पूरा गर्न सक्छन् र म त्यसो गर्न भाग्यशाली छु,’ मेस्सीले भने ।

यस्तै, बार्सिलोनाकी एलेक्सिया पुटेलास वर्षको उत्कृष्ट महिला खेलाडी घोषित भइन् । अर्जेन्टिनालाई तेस्रो पटक विश्वकपको उपाधि दिलाएका लियोनेल स्कालोनी वर्षको पुरुष प्रशिक्षक घोषित भए ।