
हेटौंडा, १३ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को तर्फबाट बागमती प्रदेश सरकारमा सहभागी भएका तीन मन्त्रीहरुले राजीनामा दिएका छन् ।
शनिबार राती हेटौंडा स्थित मुख्यमन्त्री कार्यालयमा पुगेर खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री उद्धव थापा, पर्यटन, उद्योग तथा सहकारी मन्त्री डम्बर तामाङ र वन तथा वातावरण मन्त्री राजु विष्टले मुख्यमन्त्री शालिकराम जम्मकट्टेल समक्ष राजीनामा बुझाएका हुन् ।

केन्द्रको निर्देशन अनुसार उनीहरुले राजीनामा दिएका हुन् ।
शनिबार दिउँसो केन्द्र सरकारमा सहभागी रहेका राप्रपाका मन्त्रीहरुले राजीनामा दिएका थिए ।












प्रतिक्रिया