
काठमाडौं, १३ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठक बस्ने भएको छ ।
शनिबार बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा संयुक्त बैठक बोलाएको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
विकसित राजनीतिक घटना बारे छलफल गर्न बैठक बोलाइएको उनले बताए ।
यसअघि शुक्रबार बसेको राप्रपाको कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनमा प्रस्तावक र समर्थक नबस्ने निर्णय गरेको थियो ।











प्रतिक्रिया