
काठमाडौं, १२ फागुन । बुढानिलकण्ठबाट नौ जना जुवाडे पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा उदयपुर चौडण्डी नगरपालिका–८ घर भई हाल काठमाण्डौं बौद्ध बस्ने ४५ वर्षीय धन बहादुर मगर समेत ९ जना रहेका छन् ।
बुढानिलकण्ठ नगरपालिका–१३ सापाटार स्थित सार्वजनिक ठाउँमा जुवा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई जुवा खेल्न प्रयोग गरेको नगद ५० हजार रुपैयाँ र ८ वटा ओखरसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया