
काठमाडौं, १२ फागुन । प्रमुख सत्ता घटक नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज निर्णायक भेट वार्ता हुने भएको छ ।
उनीहरुबीच भावी राष्ट्रपतिको विषयमा शुक्रबार दिउँसो निर्णायक भेट वार्ता हुन लागेको हो ।
नेपाली कांग्रेसले वर्तमान सत्ता गठबन्धन भत्काउँदै यसअघि कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन ब्युत्याउँने प्रयास गरिरहँदा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच निर्णायक भेट वार्ता हुन लागेको बताइएको छ ।












प्रतिक्रिया