३० कार्तिक २०८३, सोमबार

बेपत्ता किशोर मृत फेला

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १२ फागुन । नारायणी नदीमा नुहाउने क्रममा बेपत्ता भएका किशोर बिहीबार मृत फेला परेका छन् ।

चितवनको माडी नगरपालिका–५ घर भइ भरतपुर महानगरपालिका–१० मा बस्दै आएका १६ वर्षीय रिते थापा मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार यही फागुन ६ गते शिवरात्रिको दिन तनहुँ देवघाटस्थित नारायणी नदीमा नुहाउने क्रममा थापा डुबेर बेपत्ता भएका थिए । उनको भरतपुर–१६ काभ्रेघाटस्थित नारायणी नदी किनारमा शव फेला परेको हो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।