
काठमाडौं, १० फागुन । काठमाडौंमा भएको नेपाल टी-ट्वेन्टी लिगमा स्पट फिक्सिङमा संलग्न रहेको आरोपमा पक्राउ परेका क्रिकेटर मेहबुब आलम, आदिल अन्सारी र नितेश गुप्तालाई धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।
तीनै जनालाई जनही तीन/तीन लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीचले स्पट फिक्सिङमा नेपाली पाँच जना खेलाडीसहित १२ जना संलग्न रहेको ठहर गर्दै सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको थिए ।
सरकारी वकिलले नेपाली खेलाडीलाई मात्रै प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको थियो । जसमा मेहबुब, आदिल र नितेश गुप्ता पक्राउ परेका थिए ।
दुई जना अझै फरार रहेका छन् ।















प्रतिक्रिया