
काठमाडौं, १० फागुन । आज बुधबार प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठक दिउँसो १ बजेबाट सुरु हुनेछ ।
आजको बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति चित्र बहादुर केसीले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९’ पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
यसैगरी बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधानले ‘सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरिङग्) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।













प्रतिक्रिया