
काठमाडौं, १० फागुन । राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले आज बुधबार मतदाता नामावली प्रकाशन गर्ने भएको छ ।
निर्वाचन कार्यतालिका अनुसार आज बिहान १० बजेदेखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन गरिनेछ ।
यसैगरी कार्यतालिका अनुसार फागुन १३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गरिनेछ ।
राष्ट्रपति निर्वाचन भने फागुन २५ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म हुने आयोगले जनाएको छ ।
राष्ट्रपति निर्वाचन मिति नजिकिदैँ गर्दा हालसम्म राजनीतिक दलहरुले उम्मेदवार टुंगो लगाउन सकेका छैनन् ।
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा संघीय सांसद र प्रदेश सभाका सांसद मतदाता रहनेछन् ।












प्रतिक्रिया