३० कार्तिक २०८३, सोमबार

नागार्जुनबाट ८ जना जुवाडे पक्राउ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, १० फागुन । जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ परका छन् ।

पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–२ गैरीगाउँ डेरा गरी बस्ने ४७ वर्षीय उद्दव मल्ल र सोही नगरपालिका–२ बस्ने गोरखा घर भएका २५ वर्षीय भोज प्रताप थापासहित आठ जना रहेका छन् ।

उद्दव मल्लको कोठामा जुवातास खेलिरहेको अवस्थामा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३३ हजार ६ सय रूपैयाँ र ९ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।