
चितवन, ९ फागुन । चितवनको रत्ननगरमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
गैंडाको आक्रमणबाट रत्ननगर–९ का ६० वर्षीय चन्द्रबहादुर तामाङको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।
मंगलबार बिहान रत्ननगर–९को मिलिजुली सामुदायिक वन क्षेत्रको सडकमा हिडिँरहेको अवस्थामा उनलाई गैंडाले आक्रमण गरेको थियो ।
तामाङको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया