३० कार्तिक २०८३, सोमबार

एमालेले विकास गर्छ, भ्रम छर्दैनः मन्त्री श्रेष्ठ

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, ८ फागुन । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठले नेकपा एमाले विकासमा विश्वास राख्ने पार्टी भएको बताएका छन् ।

एमाले अन्य पार्टीहरुजस्तो भ्रम छर्दै हिड्ने पार्टी नभएको भन्दै जतिबेला एमाले सरकार बन्यो, त्यतिबेला विकासको लहर आएको मन्त्री श्रेष्ठको भनाइ रहेको छ ।

एमाले राक्सिराङ गाउँपालिकाको आयोजनामा राक्सिराङको दमारमा भएको प्रशिक्षण कार्यक्रममा बोल्दै नेकपा एमाले मकवानपुरका अध्यक्ष समेत रहेका श्रेष्ठले एमालेलाई एक्लै हराउन सक्ने ताकत नेपालमा कुनै शक्तिसँग नभएको समेत स्पष्ट पारे ।

कांग्रेस सहितका यथास्थितीवादी दलहरु एकजुट भएर एमालेलाई निर्वाचनमा रोक्ने प्रयत्न हुँदा समेत एमाले अघि बढेको बताउँदै मन्त्री श्रेष्ठले एमालेले सुरु गरेको ‘मिसन ग्रासरुट’ कार्यक्रमबाट अब आउने निर्वाचनमा एमाले विरुद्ध सबै मिलेर उठे पनि एमालेको जित निश्चित हुनेगरि काम अघि बढाउने आधारशिला निर्माण हुने दाबी गरे ।