३० कार्तिक २०८३, सोमबार

कस्तो छ भारतमा उपचाररत चन्द्र भण्डारीको स्वास्थ्य अवस्था ?

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ फागुन । भारतको नेशनल वर्न सेन्टर मुम्बईमा उपचाररत नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्य सुधारउन्मुख रहेको छ ।

अस्पतालमा रहेका योगराज कँडेलका अनुसार उपचारमा खटिएका डाक्टर अमुल मात्रेले पिसाबको मात्रा साधारण रहेको र अन्य पारामिटरसमेत ठिक रहेको जानकारी गराएका छन् ।

भण्डारीको आइतबार दिउँसो छातीको फिजियो गराइएको थियो । अनुहारको डढेको कालो छाला झरेर नयाँ पलाउन लागेको जस्तो देखिएको तथा कृत्रिम अक्सिजनको मात्रा ३५ प्रतिशतमा झारिएको अस्पताललाई उद्धृत गर्दै कँडेलले जानकारी दिएका छन् ।

कृत्रिम अक्सिजनलाई आज शून्यमा झार्ने र प्राकृतिकरूपमा श्वासप्रश्वासको ट्रायलमा लैजाने योजना रहेको डाक्टर मात्रेले बताएका छन् । नेता भण्डारीलाई शनिबादेखि नलीमार्फत् खाना खुवाइएको छ ।

गत मंगलबार राति बुद्धनगर स्थित नेता भण्डारीको निवासमा ग्यास चुहिएर आगलागी पछि गम्भीर घाइते भएका उनलाई थप उपचारका लागि मुम्बई लगिएको थियो ।

नेता भण्डारीको अनुहार, दुवै हात र दुवै खुट्टा गरी शरीरको करिब ३० प्रतिशत भाग जलेको थियो । आगलागीमा भण्डारी र उनको आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए । भण्डारीकी आमाको उपचारका क्रममा निधन भएको थियो ।