
काठमाडौं, ७ फागुन । आज मुलुकभरको मौसम सामान्यतया सफा रहनेछ ।
मौसम पुर्वानुमान महाशाखाकाअनुसार प्रदेश नं. १, गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । उक्त प्रदेशका उच्च पहाडी भू–भाग र हिमाली क्षेत्रका केही स्थानमा भने हल्का हिमपात हुन सक्ने सम्भावना छ ।
आइतबार राती प्रदेश नं. १ को पहाडी भू–भागमा आंंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागको मौसम सफा रहनेछ । त्यस्तै, प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
तराईका एक–दुई स्थानमा बिहानी पख हुस्सु÷कुहिरो लागेको छ । हुस्सुका कारण तराई क्षेत्रको बिहानी जनजीवन प्रभावित बन्न पुगेको छ । दिउँसोको समयमा पनि हुस्सु हटेर जाने महाशाखाको भनाइ छ ।












प्रतिक्रिया