१ कार्तिक २०८३, शनिबार

पृथ्वी जयन्ती र जनयुद्ध दिवसको बिदा क्यालेण्डरमै समावेश गरिने, मन्त्रिपरिषदले गर्‍यो यस्तो निर्णय

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ फागुन । सरकारले पृथ्वी जयन्ती र जनयुद्ध दिवसको सार्वजनिक बिदा क्यालेण्डरमा नै समावेश गर्ने भएको छ ।

२०८० सालका लागि यसअघि भएका बिदामा पुस २७ गते पृथ्वी जयन्ती र फागुन १ गते जनयुद्ध दिवसको बिदा थप्ने निर्णय मन्त्रिपरिषदले गरेको हो ।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारकी प्रवक्ता एवम संचार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माका अनुसार २०८० सालको क्यालेण्डर छापिइसकेकाले त्यसपछिका वर्षमा दिइने सार्वजनिक बिदा पुनरावलोकनको काम आगामी भदौसम्ममा सक्ने र बिदा व्यवस्थित गर्ने निर्णय गरिएको हो ।