१ कार्तिक २०८३, शनिबार

सिटिजन्स बैंकका ग्राहकलाई कालिञ्चोक केबुलकारमा १० प्रतिशत छुट

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ फागुन । सिटिजन्स बैंकका ग्राहकले दोलखाको प्रसिद्ध कालिञ्चोक मन्दिरमा अवस्थित कालिन्चोक केबुलकारमा १० प्रतिशत छुट पाउने भएका छन् ।

आफ्ना ग्राहकलाई सहुलियत उपलब्ध गराउने उद्देश्य अनुसार बैंकले कालिञ्चोक दर्शन लिमिटेडसँग समझदारी गरेको छ । समझदारी अनुसार सिटिजन्स बैंकका कार्डबाहकहरुले कालिञ्चोक केबुलकार सेवामा १०% सम्मको छुट पाउनेछन् ।

सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।