
भक्तपुर, ४ फागुन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँले विदेशी चलखेलबाट देशलाई बचाउन आवश्यक रहेको बताएका छन् ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप: माध्यमिक विद्यालयको २३औँं, ख्वप: कलेजको २१औँ, शारदा क्याम्पसको ३२औँ र ख्वप: कलेज अफ लको स्थापना दिवसका अवसरमा आयोजित दुईदिने शैक्षिक प्रदर्शनी एवम् पुरस्कार वितरण कार्यक्रममा उनले सत्ताधारी दलले कुर्सीका लागि मात्रै नभई देशका लागि गम्भीर भएर सोच्ने बेला आएको बताएका हुन् ।
देशको अवस्था झन् झन् विग्रिदै गइरहेकाले अब सत्ताको छिनाझप्टी छोडेर देश र जनताको हित हुने काममा अग्रसर हुन अध्यक्ष बिजुक्छेंले दलहरूलाई आग्र गरेका छन् ।
ख्वप: कलेज देकोचामा सञ्चालित दुईदिने शैक्षिक प्रदर्शनी आज सम्पन्न भएको छ ।















प्रतिक्रिया