१ कार्तिक २०८३, शनिबार

वाणिज्य विभागबाट तीन जना बिचौलिया पक्राउ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ फागुन । बबरमहलस्थित वाणिज्य विभागबाट तीन जना बिचौलिया पक्राय परेका छन् ।

विभागको कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई काम छिटो गरिदिन्छु भनी रकम माग गरी बिचौलियाको काम गर्ने तीन जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा उदयपुरको ताप्लिङ गाउँपालिका–५ का ५१ वर्षीय क्षेत्रबहादुर खड्का, रामेछापको रामेछाप नगरपालिका–९ का ३४ वर्षीय राज लामा र उदयपुरको ताप्लिङ गाउँपालिका–५ का २९ वर्षीय निरज बुढाथोकी छन् ।