१ कार्तिक २०८३, शनिबार

राष्ट्रपति चयन पूर्वसहमति अनुसार नै हुनुपर्छ, गठबन्धन भत्किदैन : लेखराज भट्ट

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, ४ फागुन । नेकपा एमालेका सचिव लेखराज भट्टले सत्तारुढ गठबन्धनमा भएको सहमति अनुसार नै राष्ट्रपति चयन हुनुपर्ने बताएका छन् ।

प्रेस चौतारी कैलालीले आज बिहीबार अत्तरियामा गरेको पत्रकार सम्मेलनमा सचिव भट्टले सरकार गठनका बेला भएको सहमति अनुसार नै राष्ट्रपति चयन हुने बताएका हुन् ।

‘हिजोआज राष्ट्रपतिको निर्वाचनलाई लिएर गठबन्धन के हुन्छ भन्ने सबैको चासो छ । राष्ट्रपतिका लागि गठबन्धनमा जे सहमति भएको छ त्यहीअनुसार अघि बढ्छ,’ सचिव भट्टले भने, ‘पार्टीले सबैलाई मान्य हुनेगरी उपयुक्त उम्मेदवार उठाउँछ । गठबन्धन कायम रहन्छ ।’ राष्ट्रपति चुनावलाई लिएर गठबन्धन भत्किने सम्भावना नरहेको उनको भनाइ छ ।