३१ आश्विन २०८३, शनिबार

अनेरास्ववियुको निर्वाचन: यी हुन् हालसम्म निर्विरोध निर्वाचित हुनेहरु (सूचीसहित)

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ फागुन । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूको ४ स्थायी समिति सदस्यसहित ३९ कार्यसमिति सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

अनेरास्ववियूको २३ औं महाधिवेशन कमलादीस्थित प्रज्ञा भवनमा जारी छ ।

निर्विरोध हुने स्थायी समिति सदस्यमा ललित नारायण रजक (मधेश), समिम खाँ (मधेश), किरण कुमारी कापर (मधेश) र सुनिता थापा (बागमती) रहेका छन् ।

त्यस्तै केन्द्रीय कार्यसमितिमा ३५ जना निर्विरोध चयन भएका छन् । चयन हुनेमा जलसा कुमारी बुढा (एकता), सविता थापा (मधेश), पुजा सुनुवार (उत्पीडित), पुष्पा कुमारी धामी (आदवासी), सृष्टि रानामगर (आदिवासी), कल्पना तिमल्सिना (सुदूरपश्चिम), राधा बोहोरा (सुदूरपश्चिम), भूमिका कुमारी कुँवर (सुदूरपश्चिम) रहेका छन् ।

त्यस्तै, नपुरा कुमारी शाही (सुदूरपश्चिम), एलिसा डिसी (कर्णाली), गीता राना (कर्णाली), प्रतिमा खड्का (कर्णाली), अनिता पौडेल (गण्डकी), प्रमिला खड्का (गण्डकी), शोभिना सुवेदी (गण्डकी), सावित्रा खत्री (गण्डकी) पनि केन्द्रीय कार्यसमितिमा चयन भएका छन् ।

समितिमा चयन हुने अन्यमा आङलामु शेर्पापार्वती दाहाल, रचना सपाकोटा, सरस्वती थापा, अनुपा लामिछान, मनिषा कुमारी साह, रेणु पोखरेल कायरा, लक्ष्मी तिमल्सिना, मधेश प्रदेश खुला, मनिष प्याकुरेल, मुखर्जी प्रसाद यादव, रियाज अन्सारी, विवश सापकोटा, सत्यन्द्र यादव रहेका छन् ।

त्यस्तै, सुभास यादव, इन्दिरा खतिवडा, कृतिज्ञा गौतम, झरना थापा र दिपा चेम्जोङ र रेखा न्यौपाने पनि केन्द्रीय कार्यसमितिमा चयन भएका छन् ।