३० कार्तिक २०८३, सोमबार

सांसद भण्डारीलाई थप उपचारका लागि मुम्बई लैजाने तयारी

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ फागुन । खाना पकाउने ग्याँस लिकपछि भएको आगलागिमा परि घाइेत भएका काँग्रेस सांसद डा. चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लैजाने तयारी भइरहेको छ । उनलाई मुम्बईस्थित नेश्लन वर्ड अस्पताल लैजाने तयारी भइरहेको छ ।

उनको शरिरको २५ देखि ३० प्रतिशत भाग जलेको हुँदा थप उपचारका लागि मुम्बई लैजान लागिएको हो । कीर्तिपुर वर्न अस्पतालले थप उपचार गर्न मुम्बई लैजान सिफारिस गरिसकेको छ । भण्डारीका स्वकीय सचिव माधव न्यौपानेले उनलाई थप उपचारका लागि मुम्बईस्थित वर्न अस्पताल लैजाने तयारी भइरहेको बताए । उनले भने,‘उहाँको २५ देखि ३० प्रतिशत भाग जलेको छ । अवस्था जटिल छ । यहाँको अस्प्तालमा उपचार गर्न नसकिने भयो । अस्पतालले पनि थप उपचार गर्न मुम्बई लैजान रिफर गरेको छ । उहाँलाई मुम्बई लैजाने तयारी भइरहेको छ ।’

घाइते भण्डारी भने थप उपचारका लागि मुम्बई जान मानिरहेका छैन । परिवारिक सल्लाहपछि जसरी पनि मुम्बई लैजाने निर्णय भएपछि उहाँलाई जबरजस्ति भएपनि लैजाने तयारी भएको स्वकीय सचिव न्यौपानेले बताए । सँगै घाइते भएकी उनीको आमाको अवस्था गम्भिर छ । उनाको शरिर ७५ प्रतिशत जलेको छ । उनलाई बचाउन नसकिने अस्प्तालले भनेको छ । त्यसो हुँदा उनलाई थप उपचार गर्न अस्पतालले सिफारिस गरेको छैन । स्वकीय सचिव न्यौपानेले भने,‘उहाँको आमा अवस्था जटिल छ । शरिरको ७५ प्रतिशत भाग जलेको छ । उहाँलाई भने अस्पतालले अन्य ठाउँ लैजाने सिफारिस गरेको छैन । उहाँलाई बचाउन नसकिने अस्पतालको भनाई छ ।’

बुद्धनगरस्थित भण्डारीको निवासमा बुधवार राती ग्याँस सिलिण्डर लिक भएर आगलागि भएको थियो । घटनामा भणडरीसहित उनकी ८६ बर्षीय आमा गम्भिर घाइते भएका थिए । घटना लगतै उपचारका लागि कीर्तिपुरस्थित वर्न अस्पताल लगिएको थियो ।