३० कार्तिक २०८३, सोमबार

ग्यास सिलिण्डर विस्फोट हुँदा गम्भीर घाइते भएका कांग्रेस नेता भण्डारी र उनको आमाको अवस्था जटिल

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ फागुन । खाना पकाउन प्रयोग हुने ग्यास सिलिण्डर विस्फोट हुँदा गम्भीर घाइते भएका नेपाली कांग्रेसका नेता एवं सांसद चन्द्र भण्डारी र उनको आमा ८६ वर्षीया हरिकलाको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।

कीर्तिपुर अस्पतालमा उपचाररत उनीहरुको अवस्था जटिल बन्दै गएको अस्पातलले जनाएको छ ।

राति साढे १० बजे अस्पताल आइपुगेका उनीहरूको स्वास्थ्य अवस्था जटिल रहेको भन्दै अस्पतालले देशबाहिरको सुविधा सम्पन्न अस्पतालमा लैजान अनुरोध गरेको छ ।

अस्पतालले एक विज्ञप्ती जारी गर्दै उनीहरुको उपचार नेपालमा सहज हुने नदेखिएको जनाउँदै तत्तकाल देशबाहिरको सुविधा सम्पन्न अस्पतालमा लैजान अनुरोध गरेको हो ।

सांसद भण्डारीको अनुहार, दुवै हात र दुवै खुट्टा गरी करिब २५ देखि ३० प्रतिशत भाग र आमाको जीउको अधिकांश करिब ७० प्रतिशत भाग जलेको अस्पतालको विज्ञप्तीमा जनाइएको छ ।