
काठमाडौं, ४ फागुन । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नेतृत्व चयनको लागि आज निर्वाचन हुने भएको छ ।
अध्यक्षका लागि निर्वतमान वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, मोति विश्वकर्मा र महासचिव समिक बडालले उम्मेदवारी दिएका छन् ।
अनेरास्ववियुको निर्वाचन कार्यतालिका अनुसार मतदान बिहान ९ बजेबाट अपरान्ह ५ बजेसम्म जारी रहने छ ।
निर्वाचनबाट आगामी दुई वर्षका लागि एक सय ९९ सदस्यीय केन्द्रीय कमिटी, १७ पदाधिकारी तथा अनुशासन, लेखा र निर्वाचन गरी तीन आयोग निर्वाचित हुनेछन् ।












प्रतिक्रिया