
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले बालिका बलात्कार अभियोग लागेका सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीमा सहभागी गराएको बिषयमा विरोध गरेकी छिन् ।
बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद श्रेष्ठ सन्दीपलाई राष्ट्रिय टोलीमा राखिएकोमा विरोध गरेकी हुन् ।
न्यायापालिकाको काम चुस्त दुरुस्त र पारदर्शी हुनु पर्ने सांसद श्रेष्ठले बताइन् । न्यायालय सबैको पहुँचमा नहुँदा अदालत कानुनी मुद्दामा विभाजित हुन थालेको बताइन् ।
‘सन्दीप लामिछानेको मुद्दा हेरौँ, त्यो कहिलेसम्म छिनोफानो गर्छौँ ? यतिका समय लाग्ने हो भने आरोपितको नाम सार्वजनिक किन गरियो ? राष्ट्रको प्रतिनिधि भएको व्यक्तिको यति ठूलो मुद्दालाई सामान्य बनाउन मिल्ला ? एउटा बलात्कार आरोपितलाई राष्ट्रको राष्ट्रको प्रतिनिधि बनाउन हाम्रो नैतिकताले कसरी दियो ?,’ सांसद सुमना श्रेष्ठले भनिन् ।















प्रतिक्रिया