
काठमाडौं, ३ फागुन । नेपाली काँग्रेसका सांसद प्रकाशशरण महतले गत सोमबार काठमाडौंको नयाँ बसपार्कमा रहेको ल्होत्से मलमा लुटपाट गर्नेलाई कारबाही गर्न माग गरेका छन् ।
बुधबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै महतले काठमाडौंको मुटुमै पनि सरकारले शान्ति सुरक्षा प्रत्याभूति गर्न नसकेको बताए ।
‘काठमाडौंको मुटुमै शान्ति सुरक्षाको प्रत्याभूति सरकारले दिन सक्दैन भनेदेखि दुरदराजमा बस्ने नागरिकको हालत के हुन सक्दछ ? सरकार गम्भीर हुनुपर्छ र दोषीलाई तत्काल कारबाही गर्नुपर्छ।’ महतले भने ।
महतले बसपार्क क्षेत्रको लोत्से मलसहितमा भएको लुटपाटमा संलग्नलाई कारबाही नभएमा देशभर नकारात्मक सन्देश जाने पनि बताए।
यातायात मजदुरहरको जायज माग सम्बोधन हुनुपर्ने महतले बताए ।















प्रतिक्रिया