३१ आश्विन २०८३, शनिबार

राष्ट्रपति पनि एमालेबाटै भए त देश बर्बाद हुन्छ: माधव नेपाल

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ३ फागुन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति एमालेले पाए देश बर्बाद हुने बताएका छन् ।

बुधबार समाजवादी प्रेस संगठन कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष नेपालले सभामुख, राष्ट्रिय सभा अध्यक्ष एमालेको रहेकामा राष्ट्रपति पनि एमालेले पाए देश बर्बाद हुने बताएका हुन् ।

“सभामुख एमालेको, राष्ट्रियसभा अध्यक्ष एमाले, राष्ट्रपति एमालेलाई दिए त बर्बाद नै हुन्छ ” अध्यक्ष नेपालले भने ।

अध्यक्ष नेपालले विचार र सिद्धान्त मिल्नेसँग मोर्चा बनाएर अगाडि बढ्ने बताए ।