
काठमाडौं, २ फागुन । एनआईसी एशिया बैंकका ग्राहकले काठमाडौंको दरबारमार्गस्थित केड कम्पनीमा किनमेल गर्दा २० प्रतिशत छुट पाउने भएका छन् ।
‘डिजिटल फर्ष्ट बैंक’ बन्ने दीर्घकालीन लक्ष्यसहित डिजिटल बैंकिङ्गको प्रवर्द्धन गरिरहेको बैंकका ग्राहकले किनमेलबापतको भुक्तानी डिजिटल माध्यमबाट गर्दा सो छुट प्राप्त गर्ने भएका हुन् ।
यससम्बन्धी सेवाका लागि बैंकले केड कम्पनीसँग समझदारी गरेको छ । समझदारीपत्रमा बैंकका तर्फबाट लाइफ स्टाइल बैंकिङ्ग युनिभर्स प्रमुख श्याम प्रसाद लामिछाने र केड कम्पनीका तर्फबाट प्रबन्ध निर्देशक डिप्रिना शाक्यले हस्ताक्षर गरेका छन् ।
समझदारी अनुसार एनआईसी एशियामा खाता खोलेर मोबाइल बैंकिङ्ग ‘एनआईसी एशिया मो–बैंक’ एप, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरिरहेका ग्राहकले केड कम्पनीमा किनमेलगरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट प्राप्त गर्नेछन् भने बैंकका कर्मचारीहरुले २५ प्रतिशत छुटको फाइदा लिन सक्ने जानकारी बैंकले दिएको छ ।















प्रतिक्रिया