
काठमाडौं, २ फागुन । बेपत्ता पारिएकी बाँकेकी निर्मला कुर्मीको न्यायका लागि आन्दोलनरत पक्ष र गृहमन्त्रालयबीच तीन बुँदे सहमति भएको छ ।
लामो समयदेखि निर्मलाको न्यायका लागि काठमाडौंमा आन्दोलनरत अभियान्ता रुबी खान पक्ष र सरकारबीच मंगलबार सहमति भएको हो ।
खानसहितको टोली बिहान प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेको थियो । उनीहरूबीच घटनाको अनुसन्धान गरी दोषीमाथि मुद्दा चलाउने, ४८ दिनदेखिको आन्दोलन स्थगित गर्ने र आन्दोलनरत पक्षको सुरक्षाका लागि सुरक्षा निकायले समन्वय गर्ने सहमति भएको छ ।
प्रधानमन्त्री प्रचण्डले आफ्ना मागहरु सम्बोधन प्रतिबद्वता जनाएपछि आफूहरु आन्दोलन स्थगित गर्न तयार भएको खानले बताएकी छिन् ।















प्रतिक्रिया