२ कार्तिक २०८३, सोमबार

बजेट संशोधन होइन, संशोधित अनुमान गरिएको हो: अर्थमन्त्री पौडेल

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ फागुन । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले, बजेट संशोधन गरेको नभई संशोधित अनुमान मात्रै प्रस्तुत गरेको बताएका छन् ।

मंगलबार संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिदैँ पौडेलले बजेट कटौतीको बारेमा सञ्चार माध्यममा आएका टिकाटिप्पणी गलत भएको तर्क गरे ।

‘हामीले बजेट कटौती गर्‍यौं, खर्च नगर्ने भयौँ भनेर विभिन्न टिकाटिप्पणी सञ्चार माध्यममा आउने गरेको छ । बजेट संशोधन गरेको हैन संशोधित अनुमान गरेको हो,’ पौडेलले भने ।

बैठकमा अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०७९/०८० को बजेटको अर्ध–वार्षिक मूल्याङ्कन प्रतिवेदन प्रस्तुत गरे पश्चात सदस्यहरुले प्रश्न गरेका थिए ।