
काठमाडौं, २ फागुन । नेपाली क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियाविरुद्ध कीर्तिमानी शतक प्रहार गरेका छन् ।
कुशलले नामिबियाविरुद्ध ९९ बलमा शतक पूरा गर्दै कीर्तिमान बनाएका छन् । कुशल नेपाली ओडिआईमा ओपनरको रुपमा शतक हान्ने पहिलो क्रिकेटर बनेका छन् ।
कुशल ९९ बलमा ९ चौका र ४ छक्कासहित १ सय रनमा अविजित छन् । जितको लागि २ सय ८६ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले ४१ ओभरमा ५ विकेट गुमाउँदै १ सय २९ रन बनाएको छ ।
कुशलको यो ओडिआई करिअरको पहिलो शतक हो । ओडिआईमा नेपालबाट शतक प्रहार गर्ने उनी चौथो खेलाडी हुन् ।
यसअघि नेपालबाट रोहित पौडेल, पारस खड्का र दीपेन्द्रसिंह ऐरीले शतक हानेका थिए । पारस खड्काले २०१९ मा युएईविरुद्ध १ सय ९ बलमा १ सय १५ रनको शतकीय इनिङ खेलेका थिए ।















प्रतिक्रिया