२ कार्तिक २०८३, सोमबार

मसानघाटमा पुगिसकेको सामन्ती प्रेतलाई ब्युँताउने प्रयत्न भइरहेको छ: महासचिव पोखरेल

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ फागुन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले इतिहास बनिसकेको राजसंस्था ब्युताउँन अझै पनि प्रयास भइरहेको बताएका छन् ।

मंगलबारबाट काठमाडौंमा सुरु भएको एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको उद्घाटन कार्यक्रममा बोल्दै महासचिव पोखरेलले मसानघाटमा पुगिसकेको सामन्ती प्रेतलाई फेरि ब्युँताउने प्रयत्न भइरहेको तर यसमा सफल हुन नसक्ने बताएका हुन् ।

‘मसानघाटमा पुगिसकेको सामन्ती प्रेतलाई फेरि ब्युँताउने प्रयत्न भइरहेको छ । मसानघाटमा पुगेको प्रेत व्युत्याउने प्रयास किमार्थ सफल हुन सक्दैन । लोकतन्त्रलाई संस्थागत गर्न हामी पहरेदारका रूपमा उभिनेछौ’, पाखेरेलले भने ।

यस्तै, पोखरेलले नेपालको राजनीतिमा अनेक खालका षड्यन्त्रहरु भइरहेको बताउँदै षड्यन्त्रलाई असफल पार्न अनेरास्ववियुले अग्रसरता लिनुपर्ने बताए ।

गठबन्धन भत्काएर नयाँ सरकार बनेपछि जनतामा नयाँ आशाको सञ्चार भएको पोखरेलले बताए । चौतर्फी घेराबन्दीका बाबजुत पनि एमाले लोकप्रिय पार्टी बन्न सफल भएको महासचिव पोखरेलले बताए ।