३० कार्तिक २०८३, सोमबार

यातायात मजदुरहरुको हड्ताल स्थगित गर्ने सहमति

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ फागुन । यातायात मजदुरहरू र सरकारबीच भएको वार्तामा  काठमाडौं उपत्यकामा आन्दोलन स्थगित गर्ने सहमति भएको छ ।

May be an image of 10 people, people sitting, people standing and indoor

भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग आज सिंहदरबारमा भएको वार्तामा सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने समझदारी भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

May be an image of 5 people, people sitting and indoor

वार्तामा सोमबारको घटनामा संलग्नलाई कारबाही गर्ने र मजदुरका जायज माग समाधानका लागि सरकारले पहल गर्ने सहमति भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

तीनवटा मजदुर संगठनले आज सवारी साधान नचलाउने निर्णय गरे पछि उनीहरुलाई वार्तामा बोलाइएको थियो । मजदुर संगठनको हड्ताल पछि आज काठमाडौं उपत्यकामा सवारी साधान कमै मात्रा चलेका छन् ।