३१ आश्विन २०८३, शनिबार

नमिबियाविरुद्धको खेलमा सन्दीप लामिछानेको पुनरागमन

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ फागुन । आइसिसी विश्वकप क्रिकेट लिग–दुईको त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत आजदेखि घरेलु मैदानमा सुरुआत भएको खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।

May be an image of 10 people, people standing and outdoors

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाविरुद्धको पहिलो खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको हो । यससँगै नामिबियाले पहिले ब्याटिङ गर्नेछ ।

May be an image of 5 people, people standing and outdoors

नेपालले आफ्नो दोस्रो खेल स्कटल्याण्डसँग फागुन ५ गते खेल्नेछ । सिरिजमा नेपाल २४ खेलमा १८ अङ्क जोडेर अङ्कतालिकाको छैटौँ स्थानमा रहेको छ । यता नामिबिया ३० खेलमा ३७ अङ्क जोडेर अङ्कतालिकाको तेस्रो स्थानमा रहेको छ ।

यसैगरी स्कटल्याण्ड ३२ खेलमा ४६ अङ्कसहित शीर्षस्थानमा छ भने ओमान ३६ खेलमा ४४ अङ्कसहित दोस्रो स्थानमा छ । ३६ खेलमा ३५ अङ्क जोडेको अमेरिका चौथो स्थानमा भने पाँचौँ स्थानको युएईको २६ खेलमा २७ अङ्क छ । सातौँ स्थानको पपुवा न्युगिनीको २८ खेलमा पाँच अङ्क रहेको छ ।

नेपालले आज सन्दीप लामिछानेलाई पनि मैदानमा उतारेको छ । नाबालिक बलात्कारको आरोपपछि करिब–करिब पाँच महिनापछि सन्दीपले टोलीमा पुनरागमन गरेका हुन् ।

May be an image of 3 people, people standing and outdoors