
काठमाडौं, २ फागुन । हाल देशमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश नं. १,बागमती प्रदेश र गण्डकी प्रदेश का पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो र राति पनि देशका केही ठाउँमा आंशिकरुपमा बदली भए पनि पानी पर्ने वा हिमपात हुने सम्भावना नरहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार यस्तो छ आजको मौमसः
२०७९ फागुन २ गते (मंगलबार)
दिउँसोː प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
रातीː प्रदेश नं. १ को पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श:
तराईका थोरै भू-भागमा बिहानी पख हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको छ ।












प्रतिक्रिया