१ मंसिर २०८३, मंगलबार

भक्तपुरमा आगलागी हुँदा एक हजार ८ सय कुखुराको चल्ला नष्ट

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

भक्तपुर, २ फागुन । कुखुरा फार्मभित्र आगलागी हुँदा एक हजार आठ सय ब्वायलर कुखुराको चल्ला जलेर नष्ट भएको छ ।

सोमबार भक्तपुरको चाँगुनारायण नगरपालिका–३ झौखेल जागृति चोकमा स्थानीय ध्रुव दाहालको जग्गा भाडा लिई काठमाडौं कोटेश्वरकी ४३ वर्षीया विना गुरुङले सञ्चालन गरेको कुखुरा फार्ममा आगलागी हुँदा कुखुराको चल्ला र फार्मसहित रु नौ लाख बराबरको क्षति भएको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए ।

कुखुराको चल्लालाई तापक्रम दिनका लागि बालिएको ग्यास सिलिन्डर लिक भई अचानक आगलागी भएको प्रहरी अनुसन्धानबाट खुलेको उनले बताए । जुद्ध वारुणयन्त्र भक्तपुरको दुईवटा दमकल र नेपाल प्रहरीको ३० जनाको टोलीले फार्मको आगो नियन्त्रणमा लिएको उनले जानकारी दिए ।