१ कार्तिक २०८३, शनिबार

‘तराइको विकास गर्ने र समस्या सुल्झाउने वैचारिक र राजनीतिक सामर्थ्य एमालेसँग मात्रै छ’

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ फागुन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘तराइ–मधेशको विकास गर्ने र समस्या सुल्झाउने वैचारिक र राजनीतिक सामर्थ्य नेकपा एमालेसँग मात्रै भएको बताएका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को जनसंगठन लोकतान्त्रिक युवा संघका केन्द्रीय सदस्य रञ्जित कुमार सिंहलाई पार्टी प्रवेश गराउँदै उनले तराई–मधेशका क्षेत्रीय पार्टीहरू त्यहाँका जनताका समस्या समाधानमा केन्द्रित हुन नसकेको चर्चा गर्दै तराईको विकासलगायत समस्या समाधान गर्ने पार्टी एमाले मात्रै भएको बताएका हुन् ।

महासचिव पोखरेलले तराई मधेशका क्षेत्रीय पार्टीहरू त्यहाँका जनताका समस्या, मुद्दामा केन्द्रित हुनुको सट्टा उनीहरूले एमालेलाई तराई मधेश विरोधीको रूपमा चित्रण गरेर जनतालाई भ्रममा पार्ने प्रयास गरेको स्मरण गर्दै विगतमा तराइ–मधेशको राजनीतिमा जातीय मुद्दाले प्राथमिकता पाउँदा विकासका मुद्दा ओझेल परेको बताए ।

‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले नै हुलाकी सडक निर्माण कार्यलाई अगाडि बढायोे, तराई मधेशका जिल्ला सदरमुकाम आधुनिकीकरण गर्ने काम गर्‍यो, सिंचाइका लागि मरिण डाइभर्सन आयोजना शुरु गरी अहिले धमाधम काम भइरहेको छ,’ महासचिव पोखरेलले भने । अध्यक्ष ओली सरकारको नेतृत्वमा नभएको भए सुनकोशीको पानी मरिण डाइभर्सनमार्फत बाग्मतीमा खसाली तराई मधेशमा सिंचाइको कल्पना पनि गर्न नसकिने उनको भनाइ छ ।

यस्तै, पूर्वपश्चिम रेलमार्गको परिकल्पना देशभित्र मात्र सीमित नभई एशियाली रेलमार्गसँग जोडिने विषय भएको बताउँदै महासचिव पोखरेलले तराई मधेशको समृद्धिको आधार कृषि र यातायात भएको बताए । एमालेले विकास र समृद्धिका ठूला परियोजना अगाडि बढाएकै कारण पार्टीविरूद्ध घेराबन्दी हुने गरेको उनको भनाइ छ ।