
काठमाडौं, १ फागुन । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को जनसंगठन लोकतान्त्रिक युवा संघका केन्द्रीय सदस्य रञ्जित कुमार सिंह नेकपा एमालेमा प्रवेश गरेका छन् ।
सिंहलाई आज एमाले महासचिव शंकर पोखरेलले पार्टी केन्द्रीय कार्यालय, च्यासलमा खादा लगाई पार्टीमा स्वागत गरे ।
सो अवसरमा महासचिव पोखरेलले नवप्रवेशी सिंहलाई नेकपा (एमाले) ले गन्तव्य बनाएको विकास र समृद्धिको यात्रामा अन्य साथीहरूलाई जोड्न आग्रह गरेका छन् ।
महोत्तरी निवासी नवप्रवेशी सिंहले नेकपा (एमाले) मा प्रवेश गर्न पाउँदा गौरव अनुभूति गरेको बताए ।
पार्टी प्रवेश कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सरोज यादव र मधेश प्रदेशका पार्टीका नेताहरूको उपस्थिति थियो ।















प्रतिक्रिया